स्थानीय

सैनामैनाका कोरोना संक्रमित एक महिलाको काठमाण्डौमा मृत्यु

रेडियो टाइम्स
`

कार्तिक ४, सैनामैना । 

रुपन्देहीको सैनामैना नगरपालिकाकी एक महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । उपचारका क्रममा मंगलबार थप एक जनाको  मृत्यु भएको हो ।

सैनामैना नगरपालिका वडा नं. ४ की ५५ वर्षीय महिलाको उपचारको क्रममा काठमाण्डौँमा मृत्यु भएको सैनामैना नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो । उनको काठमाण्डौँ स्थित ग्रिन सिटी हस्पिटलमा उपचार भैरहेको थियो ।

असोज ३० गते शुक्रबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो  । ‘संक्रमित महिलालाई ज्वरो सँगै श्वासप्रश्वासमा समस्या थियो भने, सामान्य सुगर पनि रहेको स्वास्थ्य शाखा प्रमुख पन्थीले जानकारी दिनुभयो ।

बिरामी भएर उपचारका लागि क्रिमशन अस्पताल मणिग्राम पुगेकी ति महिलाको नेशनल ल्याब  बुटवलबाट कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो । उनी कोरोना परीक्षण पछी सैनामैना बनकट्टा कोरोना अस्पतालमा उपचाररत थिइन् ।

यो सँगै सैनामैनामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । जसमा २ जना महिला र २ जना पुरुष रहेकाछन् । अहिले सम्म सैनामैनामा कूल संक्रमितको संख्या २ सय ३६ पुगेको छ । 


प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७, १९:५३:००
प्रतिक्रिया दिनुहोस्