स्थानीय

दशैं, तिहार तथा छठ पर्वको थारु कल्याणकारिणी सभा सैनामैनाको शुभकामना अदान

रेडियो टाइम्स
`

 सैनामैना :

थारु समुदायको हकहितका लागि थारु समुदाय एक जुट हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । थारु काल्याणकारिणी सभा सैनामैनाको आयोजनामा दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना अदान प्रदान कार्यक्रममा सहभागी बक्ताहरुले सो कुरा बताएका हुन् । राज्यका विभिन्न निकायहरुमा थारु समुदायका ब्यक्तिहरुको पहुंच हुनु पर्ने उनीहरुको भनाई छ । 
कुनै समय जल,जंगल,जमिनका मालिक रहेका थारु समुदायका ब्यक्तिहरु अहिले थारु समुदायका ब्यक्तिहरुकै कारण पछाडी परेका र समय परिस्थिती अनुसार चल्न नसकेको थारु काल्याणकारिणी सभा पुर्व जिल्ला अध्यक्ष तथा केन्द्रिय पार्सद रामबली चौधरीले बताउनु भयो । आफ्नो अस्तित्व समाप्त पार्न नहुने उहाँको भनाई छ ।   
भाषा, संस्कृतिको चौतर्फी रुपमा अक्रमण भएकोले यस कुरामा थारु समुदायका ब्यक्तिहरु सचेत हुनुपर्ने कर्णाली प्रदेशका पुर्व सचिव शिउनारायण थारुले बताउनु भयो । 
थारु समुदायमा आफ्नो छुट्टै किसिमका चाडपर्व, रितिरिवाज, संस्कार संस्कृति रहेका छन् यसलाई जागेर्ना गर्नु पर्ने थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्सद खुसि राम चौधरीले बताउनु भयो । 
थारु समुदायमा रहेका संस्कृतिलाई ब्यवासयीक बनाई संरक्षण गर्नु पर्र्ने थारु कल्याणकारिणी सभा सैनामैनाका अध्यक्ष दुलबहादुर थारुले बताउनु भयो । 
कार्यक्रमममा थारु कल्याणकारिणी सभा रुपन्देही जिल्ला उपसभापति वुद्धिबहादर थारु, सैनामैना नगर सचिव चन्द्रमान चौधरी लगाएतले बोल्नु भएको थियो । 
दशैं, तिहार तथा छठ पर्वको अवसरमा थारु कल्याणकारिणी सभा सैनामैना नगर कार्य समितिले सैनामैना २ मा शुभकामना अदान प्रदान कार्यक्रम गरेको थियो । विभिन्न पेशामा आवद्धहरु संग शुभकामना अदान प्रदान गरिएको थारु कल्याणकारिणी सभा सैनामैनाले जनाएको छ । 
 


प्रकाशित मिति: ८ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्