अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति राष्ट्रको नाममा सम्बोधन गर्ने

रेडियो टाइम्स
`

 कात्तिक १९,काठमाण्डौ 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति राष्ट्रको नाममा सम्बोधन गर्ने जनाउनुभएको छ । उहाँले आफ्नो फेसबुक पेजमा यसबारे जानकारी दिदै भन्नुभएको छ, ‘आज राति म सम्बोधन गर्नेछु । एउटा ठूलो जित ।’ 
सम्बोधनमा ट्रम्पले आफ्नो पकड र विचार राख्न चाहेको ट्रम्पको चुनावी अभियान हेर्दै आउनुभएका एकजना अधिकारीले बताएको बीबीसीले जनाएको छ । ती अधिकारीका अनुसार ट्रम्पले आफ्नो जितको घोषणा गर्न नभइ आफ्नो धारणा मात्र पेश गर्नुहुनेछ । ह्वाइट हाउसको पूर्वी कोठाबाट ट्रम्पले सम्बोधन गर्ने बीबीसीले जनाएको छ । 

अमेरिकी राष्ट्रपतीय चुनावको सुरुवाती नतिजाले धेरै राज्यमा ट्रम्प र बाइडेनबीच कडा प्रतिष्पर्धा देखाएको छ । मंगलबार भएको मतदानमा १० करोड भन्दा बढी मानिसले भोट हालेका छन् । अमेरिकाको इतिहासमा यति धेरै मतदान पहिलो पटक भएको बीबीसीले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७, १३:५३:००
प्रतिक्रिया दिनुहोस्