स्थानीय

रुपन्देहीको सैनामैनामा हाल ६० जना सक्रिय कोरोना संक्रमित

रेडियो टाइम्स
`

कात्तिक २१, सैनामैना–
रुपन्देहीको सैनामैनामा हाल ६० जना सक्रिय कोरोना संक्रमित रहकेका छन् । अहिले सम्म सम्म २ सय ८२ जना कोरोना संक्रमण मुक्त भएका छन् । ३ सय ४२ जना संक्रमित मध्ये २ सय ८२ जना कोरोना संक्रमण मुक्त भएको नगरपालिकाले जनाएको छ ।  

संक्रमितहरु ४४ जना होम आइसोलेशनमा, १३ जना कोरोना अस्थाई अस्पताल बनकट्टामा र अन्य अस्पतालमा ३ जना उपचाररत छन् । 

यस्तै कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको नगरपालिकाले जनाएको छ । 

यस्तै हालसम्म सैनामैना नगरपालिकाले १ हजार ६ सय ७३ जनाको कोरोना ९कोभिड १९ ० परीक्षण गरेको छ ।  नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार नगरमा हाल सम्म सस्थागत क्वारेन्टिनमा बस्नेको संख्या १ हजार ३ सय ६० छ भने होम क्वारेन्टिनमा बस्नेको सख्या ३ सय ३६ रहेको छ ।
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७, १८:०७:००
प्रतिक्रिया दिनुहोस्