स्थानीय

कञ्चनमा प्रदेश सभाका उम्मेदवारसहित तीन सय भन्दा बढी नेकपामा प्रवेश

रेडियो टाइम्स
`

बुटवल, मंसिर ४ ।

रुपन्देहीको कञ्चन गाउपालिकामा बिभिन्न पार्टी परितयाग गरी तीन सय जना भन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रबेश गरेका छन । प्रदेश सभा सदस्यका उम्मेदवारसहित त्यहाँका अगुवा युवाहरु बिहीबार एक समारोहका बीच नेकपामा प्रवेश गरेका हुन् ।

बिभिन्न पार्टीका समर्थक तथा सदस्यहरुलाई नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज एवम् प्रदेश सरकारका मन्त्री लिला गिरी, नेकपाका युवा नेता तथा प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकाललगायतका नेताहरुले नेकपामा स्वागत गरे । उनीहरुले समृद्ध नेपाल सुखी जनताको संकल्प साकार पार्ने काममा तीनै तहका सरकार केन्द्रित भएको उल्लेख गर्दै पार्टीले जनस्तरमा समन्वयको काम गर्ने बताए । 

कञ्चनका अगुवा युवा, समाजसेवी, गएको प्रदेश सभा चुनाबमा जनमुक्ती पार्टीबाट रुपन्देही क्षेत्र नं. ५ (१) का उम्मेदवार बनेका लोकप्रिय युवा दुर्गा राजकोटीसहित कञ्चन गाउँपालिका र छिमेकको गैंडहवा गाउँपालिकाका विभिन्न वडाका तीन सय जनाले नेकपामा प्रवेश गरेको नेकपा कञ्चन गाउँ कमिटीका अध्यक्ष भरतमणी सापकोटाले जानकारी दिनुभयो ।

नीति र विचार भन्दा पनि तल्लो तहसम्मै नेता कार्यकर्ताहरुको विकास निर्माण प्रतिको चासो, सरकारको दुरदृष्टिका कारणले नेकपामा आकर्षित भएको नव प्रवेशी दुर्गा रासकोटीले बताए । बिचार र सिद्धान्तले कुनै पनि बिकास नहुने भन्दै आफ्नो नेतृत्वमा सिद्धार्थटोलवासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रबेश गरेको उनको भनाइ छ । 

‘गाउँको बिकास भए मात्र समग्र देशको बिकास हुने भएकोले बिकासमा नेकपा र नेकपाले नेतृत्व गरेको तीनै तहको सरकार विशेष संवेदनशील रहेकाले यो पार्टीमा आश्था जाग्यो’ सयौं समुदायका साथमा पार्टी प्रवेशमा जुटेका युवा रास्कोटीलेले पार्टीलाई जनस्तरमा अझ लोकप्रियय बनाउने काममा खटेर लाग्ने प्रतिवद्धता जनाए । 

पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले तीनै तहमा समृद्धी र सुखी जनताको संकल्पका साथ आवधि र दीर्घकालीन महत्वका योजना छनौट गरेर सरकार अगाडि बढेको बताए । उनले सरकारले अगाडि सारेका काममा नागरिक स्तरबाट निरन्तर निगरानी र समन्वय गर्न पनि आग्रह गरे ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को लोकप्रियता र जनमुखी कामले जनतामा अत्तालिएका विरोधीहरुले पार्टीका विषयमा अनेकौं कुप्रचार गर्ने गरेको तर त्यसबाट कोही पनि विचलित हुन जरुरी नरहेको उनको भनाइ थियो । गाउँ गाउँमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रति जनताहरुको बिश्वास बढ्दै गइरहेको र नेकपामा प्रबेश गर्नेहरुको लहर उत्साहजनक रुपमा भइरहेको दाबी गरे । मन्त्री गिरीले बर्तमान नेकपा सरकारले जनमुखी काम गरिरहेको भन्दै कामको फेहरिस्त समेत सार्वजनिक गरेका थिए । 

उनले बिगत १० बर्षमा नभएको काम तीन बर्ष नबित्दै भएको र २० बर्षमा हुने बिकासका काम अबको पाँच वर्षमै गर्नेगरि तीनै तहमा सरकार केन्द्रित भएको बताए । बहुमतको सरकार निर्माण र तिनै तहमा नेकपाको बहुमतको सरकार निर्माण भएको भएपनि पुरानै ऐन नियम र कानुनहरुले गर्दा नेकपाले सोचेंको जस्तो काम गर्न नसकिएको उनको दुखेसो थियो ।

बर्षौं देखि समस्याको रुपमा रहदै आइरहेको अब्यबस्थित बसोबासीको समस्या पार्टीको निर्देशन र योजना अनुसार नै भुमि ब्यबस्था समस्या समाधान आयोगले रुपन्देहीको कञ्चनबाट काम गर्न थालेको बताउदै मन्त्री गिरीले यस आयोगले भुमि सम्बन्धी सबै समस्या समाधान गर्ने अधिकार पाएको बताए ।

लुम्बिनी प्रदेश सभामा नेकपाका प्रमुख सचेतक तथा युवा नेता एवम् सोही क्षेत्रका सांसद भुमिश्वर ढकालले समृद्धि र खुशहालका लागि योजनाबद्ध काममा आफुहरु केन्द्रित रहेको बताए । बर्षौंदेखि अब्यबस्थित बसोबास गर्दै आइरहेका कञ्चनवासी सहित देशभर जग्गाधनी प्रमाणपत्र वितरण गर्नेगरि वैज्ञानिक अध्यय्नको काम भइरहेको बताए । 

सडक निर्माण, विद्युतिकरण र त्यसको स्तरउन्नती, सिंचाई, खानेपानी, वातावरण संरक्षण, कृषिको व्यवसायीकरण र सहकारीमार्फत बजारिकरणसम्मका क्षेत्रमा आफुहरुले योजनाबद्ध कामको थालनी गरेको भन्दै नेता ढकालले जनताको खुशहालीकै लागि तीनै तहमा नेकपाको सरकार केन्द्रित रहेको बताए । 

नेकपाको नेतृत्वमा भएका स्थानिय, प्रदेश सरकार र संघिय सरकारले गरिरहेको बताउदै सांसद ढकालले अव हरेक बिकासको नेतृत्व नेकपाले नै गरिरहने समेत बताए ।

यस्तै लुम्बिनी प्रदेश कमिटि सदस्य बाबुलाल यादवले जसले राजा महाराजाहरुको नेतृत्व गर्दै आइरहेको पुजीपतिहरुको मात्रै हीत गर्ने अरु कुनै पनि पार्टीले नेकपाका विरुद्ध अनावश्यक अफवाह फैलाउने गरेको बताए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गर्नेहरुको लहर ब्यापक भइरहेको बताउदै नेता यादवले गरिब,मजदुर,पिछडा वर्गहरुको पार्टी भनेकै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको उल्लेख गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चन गाउ कमिटीका अध्यक्ष भरतमणी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गैडहवाका अध्यक्ष दुर्गाप्रसाद आचार्य, कञ्चन गाउँपालिकाका अध्यक्ष तथा नेकपा नेता गोकर्णबहादुर क्षेत्रीलगायतले पार्टीको नेतृत्वमा रहेका सरकारले गरेका गतिबिधिहरुको बारेमा चर्चा गर्दै समृद्ध नेपाल सुखी जनताको संकल्प साकार पार्न आफुहरु केन्द्रित रहेको बताएका थिए । 

कञ्चनको अस्नैया स्थित खुला चौरमा जनसभाको आयोजना गरि भएको कार्यक्रममा कञ्चन र गैडहवाका गरी तीन सय जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रबेश गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चन गाउ कमिटीका सदस्य तथा महिला नेतृ हिमा बेलवासेको संचालनमा सम्पन्न कार्यक्रममा सन्दिप गुप्ताले स्वागत गरेका थिए । 
 


प्रकाशित मिति: बिहिबार, मंसिर ४, २०७७, २०:१७:००
प्रतिक्रिया दिनुहोस्