राष्ट्रिय

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ४ कोरोना संक्रमित पुरुषको मृत्यु

रेडियो टाइम्स
`

 मंसिर ५ ,काठमाडौं

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ४ पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ। कास्की, पोखरा महानगरपालिका ९ का ६८ वर्षीय, २१ का ७५ वर्षीय,१७ का २९ वर्षीय र १३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

६८ वर्षीय पुरुषलाई निमोनिया र मधुमेह भएको थियो। उनी प्रतिष्ठानमा ४ गते भर्ना भएका थिए। उनको सोही राति ११ बजे मृत्यु भएको हो। ७५ वर्षीय पुरुषलाई निमोनिया भएको थियो। उनी ४ गते भर्ना भएका थिए र राति सबा ११ बजे मृत्यु भएको हो।

२९ वर्षीय पुरुषको ५ गते बिहान साढे १२ बजे मृत्यु भएको हो। उनलाई निमोनिया भएको थियो। त्यसैगरी अर्का ५५ वर्षीय पुरुषको आज बिहान सबा ४ बजे मृत्यु भएको हो। उनी किड्नी र मधुमेह जस्ता दीर्घ रोगी थिए।

यो सँगै कास्कीमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ। १२ सय ६१ उपचाररत, ३२ सय ६९ संक्रमणमुक्त र ४५ सय ५ जना कुल संक्रमित छन्।


प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७, १३:३२:००
प्रतिक्रिया दिनुहोस्