खेलकुद

रुपन्देहीको सैनामैनामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तीब्र (फोटो फिचर)

रेडियो टाइम्स
`

रुपन्देही, भदौं १३ ।

रुपन्देहीको सैनामैना ७ लम्टैयामा निर्माण भैरहेको नेपालकै नमुना अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तीब्र पारिएको छ । रंगशाला अन्तर्राष्ट्रिय स्तरको बन्ने सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले बताउनु भएको छ ।

महामानव गौतम बुद्धको जन्म स्थल लुम्बिनी नजिक  बन्नलगेको रंगशालाको नाम गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राखिएको र बहुवर्षे योजना सहित यसको निर्माण कार्यलाई तीब्र पारिएको छ ।

हाल फिल्ड कटिङ , तार जाली र डिपिआर बनाउने काम भईरहेको छ । यो रंगशाला सम्पन्न गर्नको निम्ति केन्द्र ,प्रदेश र स्थानीय सरकार सबै लाग्नु पर्ने सैनामैनाका नगर प्रमुख  कार्कीको भनाई छ ।  

                                               फोटो फिचर                        तस्वीर : नरेश चौधरी

 

 

 


प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७, १५:५७:००
प्रतिक्रिया दिनुहोस्