मनोरन्जन

बलिउड अभिनेता अर्जुन कपुर कोरोना संक्रमित 

रेडियो टाइम्स
`

बलिउड अभिनेता अर्जुन कपुरले नायिका प्रिती सिंहको साथमा एक चलचित्रको छायांकन गरिरहेका थिए । उनै, अर्जुनले आफूलाई कोरोना पोजिटिभ देखिएको बताएका छन् । सामाजिक संजालमार्फत कोरोना संक्रमित भएको जानकारी दिदै अर्जुनले घरमै आइसोलेसनमा बसेको उल्लेख गरेका छन् ।

उनले आफूले ठिक  रहेको  र डाक्टरको सल्लाहा अनुसार नै घरमा बसेको उल्लेख गरेका छन् । उनको कोरोना रिपोर्ट आज बिहान मात्र आउको हो । अर्जुनले केही दिन अगाडि मात्र काममा फर्किएको बताएका थिए । चलचित्रको टिमले सम्पूर्ण सुरक्षा सावधानी अपनाएर काम गरिरहेको थियो ।

 


प्रकाशित मिति: आईतबार, भदौ २१, २०७७, १८:३२:००
प्रतिक्रिया दिनुहोस्