स्थानीय

तिनाउ नदीमा आएको बाढीले बुटवलस्थित एक घर बगायाे

रेडियो टाइम्स
`

बुटवल, ८ असाेेज।

तिनाउ नदीमा आएको बाढीले  बुटवलस्थित एक घर बगाएको छ। 
बुटवल उपमहानगरपालिका वडा नं १७ रानीगञ्जमा रहेको ४ कोठाको कच्ची घर बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी खड्क बहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार ब्लकको गारो लगाएर बनाएको प्रेमकुमारी खाम्चाको घर बगाएको हो। घर बगाएपछि उनी नजिकको घरमा आश्रय लिएकी छिन्।

उनको घर बगाउन थालेपछि स्थानीयको सहयोगमा घरको जस्तापाता निकालिएको थियो।                                                  बाढीले मानविय क्षती नभए पनि सोही स्थानका अन्य ४ घर जोखिममा रहेको खत्रीले जानकारी दिए । सुकुम्वासी वस्ती रहेको तिनाउ नदी तटिय क्षेत्रमा २० हजार बढी घरपरिवार सकुम्बासीका रुपमा बस्दै आएका छन ।                                                      यस्तै केहीदिनदेखि परेको वर्षाका कारण तिनाउमा पानीको सतहले खतराको तह पार गरेको छ। नदीले बिहान ५ बजेदेखि सतर्कताको तह पार गरेको छ । ५.२ सतर्कताको तह रहेको तिनाउ नदीमा बिहानदेखि ५.७१ पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सतर्कताको तह नाघेर खतराको तहमा पुगेपछि पाल्पाको तिनाउ गाउँपालिका दोभानमा रहेको बाढी पूर्व सूचना प्रणालीले निरन्तर साइरन बजाएको छ । साइरन बजेलगत्तै बुटवल उपमहानगरले नदी छेउका बासिन्दालाई सुरक्षित हुन सूचना प्रवाह गरेको छ ।

यस्तै रुपन्देहीको तिनाउ नदीमा पानीको बहाव बढेपछि आसपासका क्षेत्रमा कटान सुरु गरेको छ । तिनाउमा आएको बाढीले बुटवल–११ बुद्धनगर, माझगाउँ, मझुवा एवं वडा नम्बर १७ का केही भागमा कटान थालेको हो ।


प्रकाशित मिति: बिहिबार, असोज ८, २०७७, १६:५८:००
प्रतिक्रिया दिनुहोस्