मनोरन्जन

ड्रग्स प्रकरणमा मुछिएकी नायिका दीपिका पादुकोणले बयानमा के भनिन् ?

रेडियो टाइम्स
`

बुटवल, असोज १० ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले लागुऔषधको कोणबाट जाँच गरिरहेको छ । एनसिबीले ठूला हस्तीहरु सँग बयान लिने क्रम जारी राखेको छ । 

यस्तै ड्रग्स प्रकरणमा मुछिएकी नायिका दीपिका पादुकोण संग एनसिबीले बयान लिएको छ । बयानका क्रममा दिपिकाले ह्वाट्सएप च्याटमा आफू पनि संलग्न भएको खुलाएकी छिन् । दीपिकाले एनसिबी सँग करिश्मासँग ड्रग्सबारे कुराकानी स्वीकार गरेको भारतीय संचार माध्यमले जनाएका छन् । 

दीपिकाको स्वीकारोक्तिले थप तरंग पैदा गरेको छ । म्यानेजर करिश्मा प्रकाशसँगै सोधपुछका क्रममा उनका कतिपय कुराबाट एनसिबीका अधिकारीहरू सहमत हुन नसकेकाले थप सोधपुछ भइरहेको संचारमाध्यमले जनाएका छन्। 

एनसिबीका एक अधिकारीले रिया र दीपिकाको मामिला कहीँ न कहीँबाट एकै जस्तो देखिएको बताएका छन्। दुवैमाथि एकै धारा लगाएर सजाय दिन सक्ने अवस्था देखिएको छ। ऐजेन्सी
 


प्रकाशित मिति: शनिबार, असोज १०, २०७७, १६:३१:००
प्रतिक्रिया दिनुहोस्