स्थानीय

रुपन्देहीको सियारी गाउँपालिकामा अत्यावश्यक सेवा बाहेक सम्पुर्ण काम बन्द

रेडियो टाइम्स
`

रुपन्देही असोज २६ ।
रुपन्देहीको सियारी गाउँपालिकामा अत्यावश्यक सेवा बाहेक सम्पुर्ण काम बन्द गरिएको छ । गाउँपालिकाका २३ जनामा कोरोना भाइरसको संक्रमण देखिए संगै एक सुचना जारी गर्दै गाउँपालिकाले सेवा बन्द गरिएको जनाएको छ । 

गाउँपालिका अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकिय अधिकृत, लेखा प्रमुख लगाएत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी गरि २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको गाउपालिका स्वास्थ्य शाखा प्रमुख वुद्धि बहादुर घर्तिले बताउनु भयो । 

गाउँपालिकामा कोरोना भाइरसको संक्रमण बढे संगै अत्यावश्यक सेवा बाहेका अन्य सेवा बन्द गरिएको र पठन पाठन स्थगन गरिएको गाउँपाकिाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुधीर पौडेलले बताउनु भयो । साथै गाउँपालिका भित्र हाट बजार संचालन, भाेजभतेर तथा भिडभाडमा राेक लगाएकाे छ ।


प्रकाशित मिति: सोमबार, असोज २६, २०७७, १६:५२:००
प्रतिक्रिया दिनुहोस्