स्थानीय

रुपन्देहीमा करेन्ट लागेर मंगलबार एकजनाको मृत्यु

रेडियो टाइम्स
`

रुपन्देहीमा करेन्ट लागेर मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु  हुनेमा सियारी गाउँपालिका-१ स्थित नागथानका ४० वर्षीय कृष्णबहादुर केसी रहेका छन् ।

नहरको पानी तानेर खेतमा सिँचाइ गर्न विद्युतीय मोटर चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले बताए  ।


प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७, १९:४०:००
प्रतिक्रिया दिनुहोस्