राष्ट्रिय

पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना सङ्क्रमण, ३ हजार ५६४ जना डिस्चार्ज

रेडियो टाइम्स
`

  असोज २९, २०७७ बिहिबार 

नेपालमा कोभिड–१९ ९कोरोना भाइरस० का सङ्क्रमितको सङ्ख्या एक लाख २१ हजार सात सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार तीन हजार सात सय ४९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १६ हजार पाँच सय ९८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय ६४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८४ हजार पाँच सय १८ पुगेको छ ।  

अब नेपालमा ३६ हजार पाँच सय ३३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय २५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा १९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ९४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।   त्यस्तै बिहीबार काठमाण्डौमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जनामा सङ्क्रमण देखिएको छ । 


प्रकाशित मिति: बिहिबार, असोज २९, २०७७, १६:५७:००
प्रतिक्रिया दिनुहोस्