अर्थ

तीनधारा दुग्ध उत्पादक सहकारीको ९औं वार्षिक साधारण सभा सम्पन्न

रेडियो टाइम्स
`

सैनामैना १० मा रहेको तीनधारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आज एक कार्यक्रमको आयोजना गरि ९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीको प्रमुख अतित्थयता, र संस्थाका अध्यक्ष कमल अर्यालको अध्यक्षतारहेको थियो ।
कार्यक्रममा सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीले कृषि क्षेत्रको विकासका लागि योजना बद्ध तरिकाले काम गरिने बताउनु भयो ।
समय समयमा कृषकहरुलाई नगरपालिकाले अनुदान दिएको बताउदै उहाँले भन्नु भयो – “किसानहरुको समस्यालाई सम्बोधन गर्ने गरि नगरमा कार्यक्रम ल्याइने छ । ”
नगरबासी किसानहरुका लागि पशु विमाका साथै परिवारीक विमाका लागि प्रोत्सहन गरिने कुरा समेत उहाँले कार्यक्रममा जानकारी दिनु भयो ।
सैनामैनाको विकासका लागि आफु प्रतिबद्ध रहेको कुरा बताउदै सैनामैना चक्रपथ निर्माण कार्य निर्माणका लागि रकमको अभाब नहुने बताउनु भयो ।
मलमला मन्दिर विकासका लागि पर्यटन मन्त्रालय संग विशेष कुरा भएको र छिट्टै पर्यटकीय रुपमा विकास गरिने कुरा बताउनु भयो ।
किसानहरु लाई व्यवासयीक कृर्षि तर्फ अर्कषण गर्न वडा बासिहरुलाई सक्दो सहयोग गर्ने वडा नं. १० का वडा अध्यक्ष लोक नारायण थापाले बताउनु भयो ।


प्रकाशित मिति: शनिबार, पुस १२, २०७६, २२:१२:००
प्रतिक्रिया दिनुहोस्